Monday, 15th June, 2026
वि.स.

कोरोना भाइरस : सबैभन्दा प्रभावित प्रदेश १, कर्णाली प्रदेशमा सङ्क्रमण देखिएन

bikasa-devkota-1588657902.jpg

 नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म सङ्क्रमण देखिएको छैन । कुल सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा सङ्क्रमण देखिएको प्रवक्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।

यसैगरी प्रदेश नम्बर ५ मा २४ र प्रदेश नम्बर २ मा १३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै वाग्मती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण देखिएको उनले बताए। सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६६ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।  

अहिले एक सय ६ जना शङ्कास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा एक र उपत्यकाबाहिर एक सय पाँच जना उपचाररत रहेका छन् । देशभरि २१ हजार पाँच सय २३ जना क्वरेण्टीनमा रहेका छन् । 

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६ सय ४० जनाको नमुना परीक्षण भएको छ । आरडीटी विधिबाट ५० हजार आठ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८२ जनाको परीक्षण भएको छ । 

प्रदेश नम्बर १ मा पाँच हजार आठ सय ३७, प्रदेश नम्बर २ मा पाँच हजार सात सय ३६ र वाग्मती प्रदेशमा आठ हजार ६ सय १० जनाको आरडीटी परीक्षण भएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ८२, प्रदेश नम्बर ५ मा चार हजार आठ सय ३१, कर्णाली प्रदेशमा आठ हजार एक सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार एक सय ३६ जनाको आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०