Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

CORO-1586568146.jpg

कोरोनाभाइरसका कारण संसारभरि ज्यान गुमाउनेकाे संख्या १ लाख नाघेको छ । तथ्यांक राख्ने वेबसाइट वल्र्डमिटर्स डट इन्फोका अनुसार एक लाख २६० जनाको कोभिड–१९ का कारण ज्यान गएको हो । कोरोना संक्रमितको संख्या १६ लाख ४७ हजार नाघेको छ । यसमध्ये ३ लाख ६९ हजार उपचारपछि निको भएका छन् ।

सबैभन्दा धेरै इटली, अमेरिका र स्पेनमा कोरोनाले धेरैको ज्यान लिएको छ । इटलीमा १८ हजार ८४९ जनाको निधन भएको छ । अमेरिकामा १७ हजार ९१९ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा १५ हजार ९७० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । बेलायतमा ८ हजार ९५८ जनाले र चीनमा ३ हजार ३३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संसारभरि कोरोना भाइरस संक्रमितमध्ये एकतिहाई अमेरिकी छन् ।

अमेरिकामा मात्रै ४ लाख ३४ हजारलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । सन् २०१९ को डिसेम्बर अन्त्यदेखि चीनको वुहानमा देखिन थालेको कोरोना संसारभरिका अधिकांश मुलुकमा फैलिइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)