Monday, 15th June, 2026
वि.स.

कोरोना भाइरसको संक्रमणबारे टेलिकमको रिङब्याक टोन सन्देश

telicom-1584611012.jpg

नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन सुरु गरेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सन्देश दिन थालिएको हो ।पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग टाढा रहन र स्वास्थ्यमा समस्या देखिएमा स्वस्थ्य संस्थामा जान आग्रहसहित सन्देश दिइएको छ ।

फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ । यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।त्यस्तै टेलिकमबाट ३२१०० मा फोन गरेर कोरोना भाइरसबारे जनचेतनामूलक सामग्री सुन्न सकिने छ । उक्त नम्बरमा कल गर्दा कुनै शुल्क नलार्गे टेलिकमले स्पष्ट पारेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०