Tuesday, 16th June, 2026
वि.स.

कोरोना प्रकोप : नोबेल पुरस्कारको वार्षिक समारोह रद्द

nobel-prize-1595402549.jpg

कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह आयोजना नहुने भएको हो । 

यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन । नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र समारोह नयाँ तरिकाबाट गरिनेछ । 

कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै सबैले यहीअनुसार चल्नुपर्ने फाउण्डेशनले बताएको छ । यसअघि सन् १९५६ मा तत्कालीन सोभियत सङ्घले हङ्गेरीमाथि आक्रमण गर्दा नोबेल पुरस्कार समारोहको आयोजना गरिएको थिएन ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०