nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना पुष्टि भन्दै फेसबुकमा लेख्ने पक्राउ

pakarau-1586934837.jpg

सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो, पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने पे्रम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिए। 
रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)