Monday, 15th June, 2026
वि.स.

कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

Ramkkkkkkkkk-1585068389.jpg

भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ ।

वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । त्यही दिन दिउ“सोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको उनको उपचारकै क्रममा मंगलबार बिहान साढे ९ बजे निधन भएको थियो । 

-अनलाइनखबरबाट

मंगलबार साँझ उनको रिपोर्ट आएको छ । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०