Monday, 15th June, 2026
वि.स.

कोरोना अपडेट: थाहा नगरपालिकाको वेभसाइमा 

web-1585368505.jpg

थाहा नगरपालिकाको वेभसाइमा कोरोना अपडेट राखेको छ ।

थाहा नगरपालिकामा कोरोना रोकथाम नियन्त्रण समन्वय समिति थाहा नगरपालिकाको सचिवालयले दैनिक रुपमा कोरोना सम्बन्धी गतिविधि अद्यावधिक गरेर वेभसाइटमा राख्ने र सम्बन्धीत निकायमा पठाउने गरेको सचिवालय संयोजक विवेक विडारीले जानकारी दिए ।

सचिवालयले तयार गरेको रिपोर्ट दैनिक रुपमा सार्वजनिक गरेर काम गर्दा नागरिकहरुलाई पनि त्रास कमी हुनुे र सतर्कता अपनाउनको लागि सहयोग मिल्ने संयोजक विडारीले जानकारी दिए । नगरपालिकाले दैनिक साँझ ६ बजेसम्म दिनभरीको गतिविधि अद्यावधिक गर्ने गरेको छ ।

दिनदिनैको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।