Monday, 15th June, 2026
वि.स.

नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए

sukraraj.-1585122751.jpg

नेपालमा थप एक जनामा कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ । यो सँगै, संक्रमित संख्या तीन पुगेको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समितिका सचिव नारायणप्रसाद बिडारीले संक्रमित संख्या तीन पुगेको बताए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सचिवालयले पनि संक्रमित संख्या बढेको जनाएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले (आज) बुधबार थप संक्रमित देखिएको जनाएको हो । “टेकुमा फेरि अर्को बिरामी देखिएको जानकारी आएको छ”, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले भने । यसबारे थप जानकारी आउन सकेको छैन ।

मन्त्रालयले नेपालमा ६८७ जनामा गरिएको परीक्षण मध्ये तीन जनामा संक्रमण देखिएको छ । ती मध्ये एक जनालाई निको भएको छ भने दुई जनाकाे  आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०