nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोनाका कारण विदेशमा थप २ नेपालीको मृत्यु

corona-death-1615106966.jpg

 विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो ।

शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ  । हालसम्म  २१ देशमा  रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । रिपोर्टअनुसार हालसम्म ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिवार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।  



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)