Tuesday, 16th June, 2026
वि.स.

कोरोनाका कारण मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने

money-1592216499.jpg

कर्णाली प्रदेशले कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने भएको छ। प्रदेश बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त जानकारी दिएका हुन्।

संक्रमण देखिने व्यक्तिको उचित उपचारको व्यवस्था मिलाइने पनि उनले बताएका छन्। संक्रमित व्यक्तिलाई सम्बन्धित स्थानीय तह र जिल्ला सदरमुकामका आइसोलेसनमा बस्ने व्यवस्था मिलाइने र संक्रमण तथा लक्षण समेत देखिएका बिरामीको जिल्ला अस्पतालमा उपचार गरिने पनि उनको भनाइ छ।

त्यस्तै प्रदेश अस्पतालमा २ सय आइसोलेसन बेड, ४० सघन उपचार कक्ष ९आईसीयू० र २० भेन्टिलेटरसहितका विशेष सघन उपचार कक्ष बनाइने मन्त्री ज्वालाले बताए। कर्णाली प्रदेशमा कोरोना सचेतनाका लागि स्वास्थ्य स्वयंसेविका समेत परिचालन गरिने भएको छ। यसका लागि ४ करोड छुट्याइएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०