Tuesday, 16th June, 2026
वि.स.

कोरिया जान पाउनुपर्ने माग राख्दै प्रदर्शन

pradarsan-1594202024.jpg

रोजगारीको लागि दक्षिण कोरिया जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमको कारण सम्पूर्ण उडान बन्द भएपछि प्रक्रिय पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मेहनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागीहरुले बताएका छन् ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड लिएर कोरिया जान पाउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०