nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरिययन भाषाका लागि एमओयुमा हस्ताक्षर

मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियाको जि.एस.एन टेक्नोलोजी संग एमओयु गरेको छ । संघको तर्फबाट संघका अध्यक्ष कृष्ण कटुवाल र युनिभर्सिटीको तर्फबाट अध्यक्ष डा. सिन लि चुलले शनिबार एक कार्यक्रमको आयोजना गरि एमओयु गरिएको थियो । संघले कोरियन भाषा अध्ययनको लेबल हेटौंडाबाटै कोरिया पढ्न जान सक्ने अध्ययन गराउने र कोरिया सरकारको अनुमति प्राप्त प्रमाणपत्र समेत प्राप्त हुने गरि कोरियन भाषा विषय पढाउनको लागि एमओयु गरिएको हो ।

थोरै रकममा तिन ABC लेबल सम्म पढाई हुने र परिक्षा यहिँ बसेर दिन सकिनुका साथै प्रमाण पत्र पनि यहिँ बसेर प्राप्त गर्न सकिने कार्यक्रम संयोजक तथा संघका कार्य समिति सदस्य कृष्ण प्रसाद ढुंगानाले बताउनुभयो । कोरियन भाषा कोरियन शिक्षकले दक्षिणकोरियाबाट नै पढाउने र यहाँ विद्यार्थीले टेलिभिजन मार्फत प्रत्यक्ष रुपमा पढाइहुने संघले जनाएको छ ।

संघले भाषा पढाइको परिक्षण कक्षा समेत सफल भए पश्चात पुरा कक्षा सञ्चालन गर्नका लागि युनिभर्सिटी संग एमओयुमा हस्ताक्षर गरिएको हो ।