Tuesday, 16th June, 2026
वि.स.

कोरियन एयरबाट २२८ नेपाली स्वदेश आए

korean-air-1592643912.jpg

नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्।  यो विमानले २३३ जना नेपाली कामदार लएर फर्किएको छ ।

कोरिएन एअरको विमान केइ(९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं  शनिबार बिहान काठमाडौं उत्रिएका हुन् ।

नेपाल आउन लागेको कोरिएन एअरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका आफ्ना नेपाली नागरिकहरु लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन्।

यो उडानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको थियो । यसअघि एनआरएनए कोरियाले उद्वार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्द भएको थियो ।

‍नेपालस्थित युनिभर्सल टुर्स एण्ड टिम तथा कोरियास्थित केएमइ कोअपरेटिभ  लिमिटेडबीच सम्झौता भएपश्चात शनिबार बिहान ९कोरियाको समय०  ५ बजे के।इ ९६९५ को विमान नेपाल उडेको एनआरएनए कोरियाले जानकारी दिएको छ ।

कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल जानैपर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेष्ठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो, जसमा जेष्ठ २७ गतेसम्म ९७२ जनाले फारम बुझाएका थिए।

त्यस्तै,  कोरियामा अलपत्र परेका नेपालीलाई  असार ७  गते नेपाल एअरलायन्समार्फत नेपाल ल्याउने सरकारको सूचना सार्वजनिक भए पनि त्यो अन्योल नै रहेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ।

दुतावासले जनवरी १७ मा एक सूचना जारी गरी ३०० नेपालीहरू नेपाल जाने पहिलो प्राथमिकतामा परेको सूचना सार्वजनिक गर्दै नेपाल सरकारबाट उडानबारे आधिकारिक जानकारी भने प्राप्त भैनसकेको उल्लेख गरेको छ।

नेपाल सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई घर फर्काउने निश्चित भएपछि कोरियाबाट उद्दार गर्नुपर्ने ९७२ जनाको सूची नेपाली राजदुतावास सिओलले नेपाल सरकारलाई पठाएको थियो  ।

सरकारले आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, गर्भवती, बिरामी, परिवारलाई भेट्न गएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली लगायत नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई प्राथमिकतामा राखेको छ ।

यस्तै, पर्यटन भिसा, बिजनेश भिसा, लगायत  काम विशेषले कोरिया गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई पनि प्राथमिकतामा राखेको छ।फ्लाइटमा पर्नेहरूले कोरोना परीक्षण ९एऋच् टेष्ट० अनिवार्य गराउनुपर्ने र मास्क लगाउनुपर्ने प्रावधान पनि गरिएको छ।

अहिले कोरियास्थित नेपाली दुतावासमा ११ सय जना भन्दा बढी नेपालीहरु  विविध समस्याका कारण तत्काल नेपाल प्रवेश गर्न चाहनेको सूचीमा छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०