nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोभिड–१९ः आजबाट मकवानपुरका पर्यटकीय स्थलहरु बन्द (निर्णय हेर्नुहोस)

मकवानपुरको थाहा नगरपालिकासहित १० वटै स्थानीय तहका पर्यटकीय स्थलहरु बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्युनिकरणका लागि १२ बैशाखबाट मसान्तसम्म पर्यटकीय स्थलहरु बन्द गर्ने निर्णय भएको हो । अर्को निर्णय नहुँदासम्मका लागि यो नियम लागू हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देबचन्द्र गर्तौला अनुसार जिल्ला भित्रका पार्क तथा पिकनिक स्पोटहरु बन्द गर्नको लागि प्रशासनले दशवटै पालिकाहरुलाई जानकारी गराइएको छ । यो निर्णयसंगै मकवानपुरको पर्यटकीय क्षेत्रहरुमामा अब भेला भई पिकनिक खान तथा रमाइला कार्यक्रम संचालन गर्नका लागि रोक लागेको छ ।

यसैबिच १२ वैशाखबाटै हेटौंडामा निजि तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर अनुसार हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुने छ ।

निर्णय हेर्नुहोसः


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)