Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती कार्यक्रम

kailas-1762748849.jpg

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती शिविरमार्फत पाँच सय ३४ जनालाई प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। 

गाउँपालिकाको माथिल्लो भेग वडा १,२, ५ र ६ सहित वडा ९ र १० वडामा बैंकिङ घुम्ती शिविर गरिएको थियो। जेठ नागरिकहरूलाई आवतजावतमा समस्या रहेकाले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । यातायातको समस्याका साथै अपांगता र वयोवृद्ध आमाबुबाको हिँडडुलमा समस्या रहने भएकाले वडा वडामा घुम्ती कार्यक्रम राख्ने गरेको उनले बताए । 

‘बैंकसम्म पुग्दा खर्चिलो बढी हुन्छ र भौगोलिक दृष्टिले माथिल्लो क्षेत्रका लाभग्राहीलाई सहज पुग्न बैंकसँगको सहकार्यमा वडाबाटै भत्ता वितरण गरेका हौं,’ अध्यक्ष मुक्तानले भने। घुम्ती कार्यक्रम भएको ६ वटा वडामा ५ सय ३४ जनाले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख अशोक स्याङ्तानले बताए । उनका अनुसार वडा १ मा एक सय ५ जना, वडा २ मा एक सय १८ जना, वडा ५ मा एक सय ५६ जना, वडा ६ मा एक सय ८ जनालाई सेवा प्रदान गरिएको बताए ।  

त्यस्तै वडा ९ मा ३४ जना र वडा १० मा १३ जनाले सेवा लिएका छन्। लाभग्राहीको संख्या बढी भए पनि घुम्ती कार्यक्रममा केही लाभग्राही उपस्थित नभएको शाखा प्रमुख स्याङ्तानले बताए । केही लाभग्राहीले पालिकाकै बैंकबाट त केहीले हेटौंडाबाट पनि सेवा लिने गरेको उनले बताए ।

गाउँपालिकाबाट प्रथम त्रैमासिकमा दुई हजार ८ जनाको सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो। घुम्ती कार्यक्रममा पाँच सय ३४ जना र  बैंकबाट एक हजार ३९ जनाले सेवा लिइसकेको स्याङ्तानले बताए। भत्ता लिन बाँकी भने चार सय ३४ जना रहेको उनले बताएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०