Friday, 19th June, 2026
वि.स.

कैलाश गाउँपालिकाको ३१ वटा कानून कार्यान्वयन

kailas-gaupalika-1604484564.jpg

मकवानपुरको कैलाश गाउँपालिकाले हाल सम्म ३१ वटा कानून निर्माण गरेको छ । गाउँपालिकाको हरेक काम गर्नका लागि सहज होस भन्ने उदेस्यले आवस्यक कानून निर्माण गरिएको हो । करिव साढे ३ वर्षको अवधिमा ३१ वटा कानून निर्माण गरिएको अध्यक्ष टंक मोक्तानले वताए । सबै कानून कार्यान्वयनमा ल्याएको छ ।

गाउँपालिकाले प्रशासकिय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यवधिाजन नियमावली २०७४, राजपत्र प्रकासन नियमावली २०७५, गाउँपालिकाबाट कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्वन्धमा बनेको ऐन, विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयनमा ल्याइएको अध्यक्ष मोक्तानले वताए ।

यसैगरी गाउँपालिकाको स्वास्थ्य सेवा ऐन, न्यायिक समिति कार्यविधि ऐन, पूर्वाधार विकास सम्वन्धी ऐन, कैलाश गाउँपालिका सेवा ऐन, पूर्वाधार व्यावस्थापन ऐन, सहकारी ऐन, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति कार्यक्रम सञ्चालन निदेसिका, गुनासो संबोधन तथा व्यावस्थापन कार्यविधि, जेष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यावस्थापन कार्यविधि युवा स्वरोजगार लक्षित कार्यक्रम कार्यविधि, कर्मचारी प्रोत्साहन भत्ता कार्यविधि, गाउँपालिकाको आर्थिक ऐन, एमुलेन्स सञ्चालन तथा व्यावस्थापन कार्यविधि, खरको छाना विस्थापन कार्यक्रम सञ्चालन कार्यबिधि लगायतका ऐन र कार्यविधि निर्माण गरेर कार्यान्वयनमा ल्याएको उनले वताए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०