nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाश गाउँपालिकाको गोगनेमा रेडक्रसद्वारा सरसफाई सामाग्री वितरण

Red-1600309138.jpg

मकवानपुरको कैलाश गाउँपालिका ५ र ६ का सम्पूर्ण ७ सय ५० परिवारहरुलाई सरसफाई सम्बन्धी सामाग्री वितण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुरबाट जिल्लाकै अतिविकट मानिने कैलाशका ती दुई वडामा हात धुने प्रयोजनका लागि धारा जडित २०/२० लिटरको बाल्टी र ६/६ थान, सावुन अति सकंटासन्न अवस्थाका महिलाहरुलाई १/१ सेट का दरले ५० सेट Hygiene kit समेतका सामग्रीहरु वितरण गरिएको हो । 

रेडक्रस मकवानपुरले एक समारोहका बिच वितरणको शुभारम्भ गरेको रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिए । कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस मकवानपुरका शाखाका कार्यबहाक सभापति लालबहादुर थापा, मन्त्री खेमराज सापकोटा, कोषाध्यक्ष पिताम्बर वास्तोला, कैलास ५ का वडा अध्यक्ष छेकु लामा सदस्य राधिका  विक, वडा नं. ६ का सदश्य लक्ष्मी मुक्तान, रेडक्रस गोगने उपशाखा सभापति बच्चु ढुङ्गाना, रेडक्रसका कार्यक्रम सयोजक लक्ष्मण भट्टराई लगायत सेवाग्राही समुदायको उपस्थिति रहेको थियो। 

यसैबीच कैलाश गाउँपालिका वडा नम्बर ६ मा संकट तथा विपतका समयमा स्वयंसेवकहरुले प्रयोग गर्ने एक वाक्सामा २७ थरिका सामग्री हस्तान्तरण गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)