nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चारवर्षपछि कैलाशको कमलादेवी टहरामुक्त

IMG_20190628_145247-1561775894.jpg

मकवानुरको कैलाश गाउँपालिकामा रहेको कमला देवी माद्यामिक विद्यालय टहरा मुक्त भएको छ । कैलाश गाउँपालिका वडा नं २ छ्याङ्डुङमा रहेको विद्यालयको वि.सं.२०७२ सालको बिनाशकारी भुकम्प पछि अस्थाइ सिकाइ केन्द्र (टि.एल.सी.) मा नियमित पठनपाठनको व्यवस्था गरिँदै आएको थियो । भौगोलिक बिकटता सँगै शिक्षा आर्जनमा भुकम्पले थप समस्या झेलिरहेका कमला देवी माद्यिामिक विद्यालयको जापान सरकारको ऋण सहयोगमा नेपाल सरकारद्वारा भुकम्प प्रतिरोधि १७ कोठे भवन निर्माण सम्पन्न भएपछि सो विद्यालय टहरा मुक्त भएको हो । कुल ४ करोड ८ लाख रुपैँयाको लगानीमा बनेको उक्त विद्यालयमा भवन अपाङ्ग मैत्री, भुकम्प प्रतिरोधि, सोलार, फ्यान, कम्युटर, छात्र र छात्राका लागि अपाङ मैत्री छुट्टा छट्टै शौचालय लगायतका विशेषता समेटिएको छ । 

उक्त विद्यालयको प्राङ्गणमा यहि असार १३ गते शुक्रबार औपचारिक कार्यक्रम गरि नव निर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको थियो । संघिय सांसद बिरोध खतिवडाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघिय सांसद खटिवडाले ग्रामिण भेगमा रहेको उक्त विद्यालयलाई सैद्धान्तिक शिक्षा मात्र नभएर प्राविधिक शिक्षा तर्फ जोड दिनु पर्ने बताए । उनले गाउँका समस्या र आवश्यकताहरु गाउँपालिका मार्फत आए समाधान गर्न आफु तत्पर रहेको बताए । यस्तै ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता तथा विशिष्ट अतिथि बानियाँले भने आफुहरुलाई विद्यालयको कार्यक्रम सम्म आउँदा उक्त क्षेत्रको आवश्यकता र समस्याहरु थाहा पाउने मनसायले नै कार्यक्रममा निमन्त्रणा भएको भन्दै सवारी आवागमनमा निक्कै नै समस्या भैरहेको कैलाश गाउँपालिकाको डाँडाबास देखि छ्याङ्ड्ङ सम्मको बाटो सुधारका लागि प्रदेश सरकारको तर्फबाट ५० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


विद्यालयको भवन बने पनि गाउँपालिकाको विभिन्न विकट गाउँहरुबाट विद्यालय सम्म पठनपाठनको लागि आउन विद्यार्थीहरुलाई हुने समस्यालाई मध्येनजर गर्दै विद्यालयमा अब छात्राबासको व्यवस्था गर्नुनपर्ने कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले आफ्नो मन्तव्य मार्फत माग राखे ।

वि.सं. २०४१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३ सय ३० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद ॐ घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, भुकम्प पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको इकाइ प्रमुख बद्रि पाठक, जापान सरकारको ऋण सहयोग (जाइका) को परामर्शदाता प्रतिनिधि रोजेश गोविन्द श्रेष्ठको अतिथ्यता रहेको थियो ।




https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।