Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृषि बैक र थाहानगरको सहयोगमा यात्रु प्रतिक्षालय

थाहा नगरपालिका वडा नं. १ ओखरबजारमा नगरपालिकाकै पहिलो यात्रु प्रतिक्षालय उद्घाटन गरिएको छ । नगर क्षेत्रमा कहिकतै यात्रु प्रतिक्षालय निर्माण गरी उद्घाटन गरिएको हो । प्रतिक्षालयको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले एक समारोहकाबीच १९ माघमा उद्घाटन गरिएको हो । 

थाहा नगरपालिकाको २ लाख, कृषि विकास बैंक पालुङ शाखाबाट १ लाख तथा स्थानीय उपभोक्ताहरुको समेत गरी ३ लाख ९७ हजार रुपियाँमा प्रतिक्षालयको निर्माण गरिएको हो । प्रतिक्षालय निर्माण समितिका अध्यक्ष प्रवीण प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा सहयोगीहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो । 

कार्यक्रममा कृषि विकास बैंकका क्षेत्रिय निर्देशक बाबुकाजी थापाको विशेष आतिथ्य रहेको उक्त समारोहमा थाहा नगरपालिकाका उपप्रमुख, खड्ग गोपाली, प्रशासन शाखा प्रमुख अनिल लामिछाने, कृषि विकास बैंक पालुङ शाखा प्रमुख बिनोद रेग्मी, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, पालुङ जेसीज वर्ष २०१९ का अध्यक्ष कुमार नेगीलगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले यात्रु प्रतिक्षालयले यात्रुहरुका लागि सहज भएकोमा समुदायको सक्रियताप्रति खुशी व्यक्त गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०