nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कृषि बिकास बैंक संचालक समितिमा सरकारको तर्फबाट सहसचिव रघुराम विष्ट

Bistttttttttta-1556267741.jpg

कृषि बिकास बैंक लिमिटेड, बैंक संचालक समिति सदस्यमा कृषि तथा पशुपछी विकास मन्त्रालयको तर्फबाट सहसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ ।

सरकारको प्रतिनिधित्व हुनेगरी (विभागीय मन्त्रिस्तर)को निर्णय अनुसार बैंक संचालक समिति सदस्यमा नियूक्त गरेको हो । नवनियूक्त संचालक सदस्यलाई कृषि विकास बैंक संचालक समिति अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले बैंकको केन्द्रिय कार्यालय, रामशाहपथ काठमाडौमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

सो अवसरमा कृषि विकास बैंकका अन्य संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव निर्मल प्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेल समेत उपस्थिती थियो ।