nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कृषिमा आहा ! थाहानगरको बज्रवाराही–चित्लाङ [फोटो फिचर]

मकवानपुरको थाहा नगरपालिकाले कृषिमा जसरी ख्याति कमाएको छ, त्यसको पूर्ण जस यहाँका किसानहरुलाई नै जान्छ । किसानहरुले अहिले परम्परागत खेतीलाई आधुनीकीकरण गरेर नयाँ खेतीतर्फ आकर्षित भएका छन् । 

मिहिनती किसानलाई थाहा नगरपालिका र वडा रहेका कृषि प्राविधिकले सघाउँछन् । प्रविधि सिकाउँछन्, खेतीलाई आधुनीकीकरण तर्फ उन्मुख गराउँछन् । र, लुकाउनै नसकिने प्रगती देखिन्छ । खेतबारीमा ढकमक्क टनेल खेती ।  

हेर्नुहोस् फोटोहरुः

थाहा नगरपालिका वडा नम्बर १० को विसिङ्खेल क्षेत्र ।थाहा नगरपालिका वडा नम्बर १ को दुप्चेबजार र फाँटहरु ।थाहा नगरपालिका वडा नम्बर ६ को बज्रवाराही सरस्वती बजार र खेती लगाइएको फाँटहरु । थाहा नगरपालिका वडा नम्बर १० मा रहेको न्हुँल गाउँ, विसिङ्खेल तथता कृषिमा आधुनीकीकरण (टनेल खेती) र फाँटहरु ।थाहा नगरपालिका वडा नम्बर १० कलाटु गाउँ । यहाँ अधिकांश नेवार समुदायको बसोबास रहेको छ ।थाहा नगरपालिका वडा नम्बर १०, कलाटु गाउँ र साथमा खेतीपातीका दृश्य थाहा नगरपालिका वडा नम्बर १ मा रहेको ऐतिहाँसिक कुन्छाल गाउँ । यहाँ अधिकांश गोपाली समुदायको बसोबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर १० मा रहेको टौखेल बजार नजिकै खेतका फाँटहरु । साथमा कुन्छाल कुलेखानी सडक । यो सडक कुलेखानी जलासय निर्माणका क्रममा वि.सं. २०३४ सालमा बनेको हो । थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीका खेतका फाँटहरु ।

फोटो साभार :इकान्तिपुर/हरिहरसिंह राठौंर
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)