Tuesday, 16th June, 2026
वि.स.

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

kuwet-1592463135.jpg

कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केही बेरअघि जजिरा एयरमार्फत काठमाडौं आइपुगेका हुन् । 

कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क स्वदेश पठाएको छ । यसअघि चारवटा उडानमार्फत ५ सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफीमा सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकालाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।

ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एयरले चार्टर्ड उडानमार्फत् १८० नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एयरले नेपाल सरकारले तोकेको भन्दा सस्तो भाडादरमा नेपालीलाई पठाइदिएको छ । 

फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाडौंकै आपतकालीन क्वारेन्टाइनमा राखिनेछ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०