Saturday, 28th November, 2020
वि.स.

कुलेखानी तालमा जल महोत्सव गरिने–मन्त्री फुयाँल

बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको विशेष उपस्थितीमा मकवानपुरको इन्द्रसरोवर (कुलेखानी) तालमा जल महोत्सव गर्ने विषयमा छलफल भएको छ । मन्त्री फुयालको प्रमुख आतिथ्यमा इन्द्रसरोवरमा ७ मंसिरमा इन्द्रसरोवर २ भएको कार्यक्रममा एक महिने जल महोत्सव आयोजना गर्ने विषयमा छलफल भएको हो । 

आन्तरिक तथा बाह्यि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले इन्द्रसरोवर र थाहा नगरपालिका मिलेर यो महोत्सव गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो योगदान मिल्ने मन्त्री फुयाँलको भनाइ रहेको थियो । जल महोत्सवको थप कार्ययोजना निर्माणका लागि इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा १२ मंसिर दिउँसो ३ बजे बैठक बस्ने समेत तय भएको मन्त्री फुयाँलले जानकारी दिए । बैठकमा थाहा नगरपालिकाका प्रमुख उपप्रमुख, भिमफेदी र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको समेत सहभागिता रहने तय भएको छ । 

छलफलमा जनप्रतिनिधिहरु, उद्यमी व्यवसायीहरु, उपभोक्ता समितिका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरुलाई समेत सहभागिताको लागि आव्हान गरिएको छ । जल महोत्सवका लागि इन्द्रसरोवर जलाशय वरिपरिको भागलाई सौन्दर्यीकरण गर्ने, वृक्षारोपण गर्ने, सरसफाई अभियान चलाउने, सडक सुधार गर्ने लगायतका कामहरु गर्ने योजन ाबनेको छ । यसका लागि जनश्रमदान र सामाजिक संस्थाहरु परिचालन गर्न गाउँपालिकाले मध्यस्तता गर्ने र प्रदेश सरकारले सडक स्तरोन्नतिको काम गर्ने ७ मंसिरको छलफलमा निर्णय भएको छ । 

त्यस्तै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जलाशय निर्माणको क्रममा निधन भएकाहरुको स्मृतिमा कुलेखानीमा बनेको स्मारकलाई उद्यानको रूपमा विकास प्रदेश सरकारलाई अनुरोध गरे । अध्यक्ष लामाले भने–‘सके प्रदेश सरकारले नै उद्यान निर्माणमा सहयोग गर्न प¥यो, नत्र प्रदेश मन्त्रालय मार्फत संघीय रक्षा मन्त्रालयको सहयोगमा बन्ने गरी मन्त्री ज्यूले सहयोग गरिदिनू प¥यो ।’ 

यसैबीच मदनभण्डारी मार्ग अन्तर्गत देउराली–कुलेखानी–कलंकी–फाखेल–हुमानेसम्मको सडक स्तरोन्नति गरिने मन्त्री फुयाँलले बताएका छन् । बोलपत्र भइसकेको सडकको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई मन्त्री फुयाँलले निर्देशन समेत दिएका छन् । 

छलफलमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, वडा अध्यक्षहरु, स्थानीय व्यक्तित्वहरुलगायतकाको सहभागिता रहेको थियो । 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)