thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

कुलेखानीले क्षति पुर्‍याएको स्थानमा बेलिब्रिज हालिने

kulekhani-1735187417.jpg

असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ ।

कुलेखानी भरिएसँगै ओभरफ्लो रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको हेभीखोलाको पुलमा क्षति पुगेको थियो । तत्कालीन समयमा चाडपर्व भएका कारण खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो । हाल उक्त डाइभर्सनबाटै सवारी हेभीखोला वारपार गरिरहेका छन् । ड्यामबाट क्षति पुगेको उक्त पुल तत्कालन सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै प्रदेश सरकारले बेलिब्रिज हाल्ने निर्णयमा पुगेको हो ।

वाग्मती प्रदेश सरकारको विपद् व्यवस्थापन कार्यकारी समितिको वैठकले तत्काल उक्त स्थानमा बेलिब्रिज हाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार भीमफेदी गाउँपालिका-६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर उक्त स्थानमा तत्काल हाल्ने निर्णय बैठकले गरेको छ । माण्डु खोलमा पक्की पुल निर्माण भएसँगै बेलिब्रिज प्रयोगमा आएको छैन ।

‘आगामी वर्षाअगाडि नै उक्त पुल भएको स्थानमा बेलिब्रिज हालिनेछ । त्यसका लागि मन्त्रालयले आन्तरिक तयारी अगाडि बढाइसकेको छ,’ मन्त्री लामिछानेले बताए । मुख्यमन्त्री बहादुरसिंह लामासहित विभिन्न सुरक्षा निकायको प्रमुखसहितको उपस्थितिमा बसेको बैठकले बेलिब्रिजलाई त्यहाँ लैजानका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०