Wednesday, 2nd September, 2026
वि.स.

कुलेखानीको टोड्केमा ल्होछार बिशेष बृहत साँस्कृतिक हुने

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ कुलेखानीको टोड्केमा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ लाङरम्हे ल्हो (मुसा वर्ग)को अवसरमा कुलेखानी तामाङ समाजले यही ८ फागुनमा दोस्रो ल्होछार बृहत सास्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा शान्ति पुजा गर्ने भएको हो ।

स्थानीय पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन गत वर्षदेखि साँस्कृतिक कार्यक्रम गर्दै आएको समाजले यसवर्ष पनि बृहत कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष बिरेन्द्र गोलेले बताए । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकी हुने, तामाङ भेषभुषा, मौलिक खाना लगायतको स्टलहरु समेत रहने आयोजकले बताए ।

दोस्रो ल्होछार सास्कृतिक कार्यक्रममा भिमफेदी गाइजको बेजोड प्रस्तुतिका साथै राष्ट्रिय कलाकारहरु बिजय लामा, लोकेन लामा, जोगलाल लामा, अशोक तामाङ, रञ्जित लामा, रबिन्द्र लामा, प्रेम लामा, अरुण तितुङ, सिजम मगर लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif