Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुन्छाल होमस्टे बन्दैछ, टिष्टुङ महोत्सवको विशेष आकर्षण

Kunchhal-1537446544.JPG

मकवानपुरको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने महोत्सवका लागि पर्यटकीय गन्तव्य कुन्छलालाई विशेष ‘पर्यटकीय ब्राण्ड’को रुपमा प्रचार गरिने भएको छ । थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने ऐतिहासिक टिष्टुङ महोत्सवका अवसरमा कुन्छाल गाउँलाई होमस्टेको आकर्षणको रुपमा स्थापित गरिने भएको हो । महोत्सव सफल बनाउनको लागि ४ असोजमा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो । 

महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठको विशेष उपस्थितीमा भएको छलफलमा थाहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली, कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपाली, बिष्णु गोपाली लगायतकाको उपस्थिती रहेको थियो ।

कुन्छाललाई पर्यटन बोर्डले सन् २०१८ का लागि मुलुककै तीन पर्यटकीय गन्तव्य मध्येको एक गन्तव्य घोषणा गरी प्रवद्र्धन गरिरहेको छ । कुन्छालमा नेवारी संस्कृति तथा विभिन्न परम्परागत नाचहरुको हिसाबले महत्वपूर्ण मानिन्छ भने यहाँ खेसका कपडा तथा हातले बुनेका हाकु पटासी समेत पाइन्छ । गोपालीहरुको मात्र बसोबास रहेको कुन्छाल ऐतिहाँसिक बस्तीको रुपमा परिचत छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)