Tuesday, 16th June, 2026
वि.स.

कुन्छाल-कुलेखानी सडकको मर्मत सम्बन्धमा टाैखेलमा छलफल

thaha-10-1592809704.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा समेत पर्ने कुन्छाल-कुलेखानी सडकको मर्मत संभार सम्बन्धी काम गर्ने विषयमा थाहा नगरपालिका वडा नम्बर १० मा स्थानीयहरुको भेला भएको छ ।

८ असार विहान कुन्छाल कुलेखानी सडकको मर्मत संभार कार्य शुरू बिन्दु कुनलाई मान्ने भन्ने विषयमा छलफल भएको स्थानीय दिनेश विष्टले जानकारी दिए । भेलामा थाहा–१० का वडा अध्यक्ष हिरा बहादुर गमाल, वडा सद्यसय रामकृष्ण गमाल, दीपक गोपाली तथा पानमाया विश्वकर्मा समेत सहभागिता रहेको थियो । 

सडक मर्मतको काम टौखेल स्थित अम्बुडोलबाटै शुरु गर्नका लागि निर्माण व्यवशायीले निर्माण सामाग्री समेत ढवानी गरिसकेको विष्टले बताए । सडक मर्मत अम्बुडोलबाटै गर्ने भन्ने विषयमा नक्शा समेत रहेको स्थानीयहरुले बताएका छन् । 

छलफल पुनः ८ असार दिउँसो २ बजे नगर प्रमुख सहितको उपस्थितमा बस्ने जनाइएको छ ।  उक्त भेलाले शुरू बिन्दु टुङ्गो लगाउने समेत जनाइएको छ ।