Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं साधारण सभा

Kundal-1539584585.jpg

थाहा नगरपालिका वडा शिखरकोटमा रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं साधारण सभा भएको छ । २६ असोजमा दामनमा भएको साधारण सभा थाहा–३ का वडा अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यमा भएको हो । 

प्रमुख अतिथि केसीले सहकारीले विपन्न वर्गका मानिसहरुलाई समृद्धिको यात्रातर्फ डो¥याएको बताउँदै अब बचत र ऋण कार्यक्रमको अतिरिक्त सहकारी नयाँ ढङ्गले लाग्नु पर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि एवम् विकास खबरपत्रिकाका सम्पदक कुमार नेगीले सहकारीले सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतिहरुको विश्षेलण गरेर आगामी रणनीतिहरु तय गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष माधव कार्की, लालीगुराँस महिला बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक तुलसा विष्ट, सेती गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक उर्मिला गोपाली, दामन बजार व्यवस्थापन समितिका महासचिब दावा टसी शेर्पा, उत्तरबहादुर गोपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका सल्लाहकार राजिव स्याङ्तानले स्वागत गरेको कार्यक्रम संस्थाका अध्यक्ष शिबकुमार खत्रीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष खत्रीले संस्थाको वार्षिक नीति तथा कार्यक्रम, सचिब रामकुमार बलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षका तर्फबाट लेखा समिति संयोजक सीताराम रुम्बाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले पास गरेको छ ।

साधारणसभा को अबसरमा सस्थाले जेष्ठ नागरिक मान बहादुर भोम्जनलाई सम्मान पत्र र दोसल्ला ओडाएर प्रमुख अतिथि राजेश केसीले सम्मान गरेका थिए । सो अवसरमा उत्कृष्ट कारोबार गर्ने जेष्ठ सदस्य रमेश रायमाझी, कारोबार तर्फ राम थिङ लामा, उत्तम प्रसाद पौडेल, पुर्ण बहादुर रुम्बा, सौगात थिङ तथा एकल महिला सदस्य सुन्तली गुरुङलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।