nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुखुरा भुत्लाउन बसालेको तातोपानीमा बलिकाको डुबेर मृत्यु

मकवानपुर बकैया गाउँपालिका, हात्तिसुँढे स्थित बसनकी करिब १३ महिने नाबालिकाको तातो पानीमा डुबेर मृत्यु भएको छ । कुखुराको मासु खाने रहरले कुखुरा भ्त्ल्याउन तताएको पानीमा परेर महेश दुतराजकी नाबालक छोरीको ज्यान गएको आफन्तले जानकारी दिएका छन् । ३ पौष साँझ दुतराजले बसालेको तातो पानीमा खेल्ने क्रममा उनी परेकी थिइन् ।

घट्ना घटेको साँझ उपचारको लागि हेटौंडा नल्याएर घरेलु उपचार गरिएको थियो । पानीमा डुबेर घाइते भएकी बालिकाको स्वास्थ्य अवस्था बिग्रिदै गएको र ४ पौष दिउँसो करिब ४ बजे तिर उपचारको लागि हेटौंडा ल्याउने क्रममा बाटोमै नाबालिकाको ज्यान गएको आफन्त सञ्जिव रसाइलीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)