Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुखुरा भुत्लाउन बसालेको तातोपानीमा बलिकाको डुबेर मृत्यु

मकवानपुर बकैया गाउँपालिका, हात्तिसुँढे स्थित बसनकी करिब १३ महिने नाबालिकाको तातो पानीमा डुबेर मृत्यु भएको छ । कुखुराको मासु खाने रहरले कुखुरा भ्त्ल्याउन तताएको पानीमा परेर महेश दुतराजकी नाबालक छोरीको ज्यान गएको आफन्तले जानकारी दिएका छन् । ३ पौष साँझ दुतराजले बसालेको तातो पानीमा खेल्ने क्रममा उनी परेकी थिइन् ।

घट्ना घटेको साँझ उपचारको लागि हेटौंडा नल्याएर घरेलु उपचार गरिएको थियो । पानीमा डुबेर घाइते भएकी बालिकाको स्वास्थ्य अवस्था बिग्रिदै गएको र ४ पौष दिउँसो करिब ४ बजे तिर उपचारको लागि हेटौंडा ल्याउने क्रममा बाटोमै नाबालिकाको ज्यान गएको आफन्त सञ्जिव रसाइलीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०