Friday, 19th June, 2026
वि.स.

कुखुराको खोरमा जुवा खेल्ने पनि प्रहरी फन्दामा

IMG20201114220246-696x329-1605449026.jpg

कुखुराको खोरमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती साढे १२ बजेको समयमा बारा जिल्लाको करैयामाई गाउँपालिका–१ जब्दीटोलस्थित राकेशप्रसाद साहको कुखुरापालन गर्ने खोरमा जुवा (कौडा) खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा नगद एक लाख १७ हजार रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०