Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

कुखुराको खोरमा जुवा खेल्ने पनि प्रहरी फन्दामा

IMG20201114220246-696x329-1605449026.jpg

कुखुराको खोरमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती साढे १२ बजेको समयमा बारा जिल्लाको करैयामाई गाउँपालिका–१ जब्दीटोलस्थित राकेशप्रसाद साहको कुखुरापालन गर्ने खोरमा जुवा (कौडा) खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा नगद एक लाख १७ हजार रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg