Thursday, 27th August, 2026
वि.स.

किसानलाई विषादी रहित कृषि उत्पादन गर्न मन्त्री लामाको आग्रह

३ नम्बर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विषादी प्रयोग गरेर कृषि उत्पादनमा जोड दिन किसानहरुलाई आग्रह गरेका छन् । स्वाभिमानी विकास समृद्ध महासंघ नेपालको प्रथम ३ न. प्रदेश अधिवेशनको ४ पौषमा उद्घाटन गर्दै विषादीको प्रयोगले कृषि अन्नबालीको मात्र होइन पशुपन्छीको स्वास्थ्यमा समेत असर पुग्ने गरेको र विभिन्न रोगहरु उत्पन्न हुने गरेको बताए । विषादी रहित कृषिजन्य तथा दुग्ध उत्पादनका साथै सामुहिक कृषि खेती गर्न किसानलाई उनले सुझाव समेत दिए । 

राष्ट्रको समृद्धिको लागि किसानको समृद्धि एवम विकास नभएसम्म राष्ट्रको समृद्धि नहुने विचार व्यक्त गर्दै किसानको हक हित र सुरक्षामा ३ न।प्रदेश सरकार गम्भीर रहेको आश्वासन दिए । वनजंगलको विकासको लागि वनजंगलमा फलफूल उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताउदै कृषि उत्पादनको लागि कृषक संघसंंस्थाले ल्याएको प्रस्तावमा आफूले सहयोग गर्ने बताए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif