nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

किसानलाई अर्को खुशीको खबर, सूचीकृत हुने म्यद थपियो

IMAG4762-1518399520.jpg

मकवानपुरको थाहामा रहेको नेपाल सरकार कृषि बिकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तरकारी जोन शिखरकोट पालुङले तरकारी जोन अन्तर्गत सुचिकृत हुने सम्बन्धि म्याद थप गरेको छ । परियोजना कार्यान्वयन इकाइ पालुङले यस आर्थिक बर्ष २०७४/०७५ देखि यस मकवानपुर जिल्लाको थाहा नगरपालिका १ देखि १० र ईन्द्रसरोवर गाउपालिका वडा नं १ देखि ५ मा तरकारी खेतीको उत्पादन, ब्यवसायिकरण, प्रसोधन तथा बजारिकरण गर्ने उद्धेश्यले बिभिन्न कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी÷फर्म तथा  जल उपभोक्त समिति मार्फत कार्यक्रम सञ्चालन  गर्ने भएकाले इच्छुक बिभिन्न कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी÷फर्म तथा  जल उपभोक्त समितिहरुले जोन कार्यालय शिखरकोटमा सुचिकृत हुनका लागि म्याद थप गरिएको हो । 

जोन कार्यालयले यहि माघ २५ गते सम्मका लागि सुचना जारी गरिएकोमा थाहा नगरपालिका भित्रका कृषि समुहहरु धेरै सुचिकृतका लागि आएको तर इन्द्रसरोवर गाउपालकिाबाट निक्कै नै न्युन मात्रामा सुचिकृतका लागि आएको  कारण जोन कार्यालयले पुनः सुचना प्रकाशित गरि म्याद थप गरिएको जोन कार्यालयका बरिष्ठ कृषि अधिकृत सुजन अम्गाईले बताए । 

हाल थप गरेको म्यादमा  कृषकहरुको लागि यहि फाल्गुण  १० गते सम्मका लागि समय  तोकिएको छ । जोन कार्यालयका कृषि बिज्ञ राजन  बुढाठोकीका अनुसार हाल सम्म थाहा नगरपालिकाका ५४ वटा कृषि समुहहरु सुचिकृतका लागि आएका छन भने इन्द्रसरोवर गाउपालकाबाट भने ५ वटा मात्र कृषि समुहहरु सुचिकृतका लागि आएको छ । जस मध्य पनि इन्द्रसरोवर गाउपालिकाको १ नं वडा बाट मात्र आएको बुढाठोकीले बताए । उनले सुचकिृत हुन बाँकी रहेका इन्द्रसरोवर गाउँपालिकाका अन्य वडाका कृषक समुहहरुलाइ थप गरिएको म्याद भित्र सुचिकृतका लागि आउन अनुरोध गरेका छन् ।

हेर्नुहोस् सूचनाः

सुचिकृत हुनका लागि इच्छुक बिभिन्न कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी÷फर्म तथा  जल उपभोक्त समितिहरुले सुचि दर्ताको लागि निबेदन, संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि, समुह तथा संस्थाकोे सदस्यहरुको नामावली, लगाउने बाली र क्षेत्रफल खुलेको बैठक निर्णयको  प्रतिलिपि र खेती गरेको जग्गाको लालपुर्जा वा  लिएको भए लिजको कागजपत्रको प्रतिलिपि लगायतका कागजपत्रहरु चहिने कार्यालयका बरिष्ठ कृषि अधिकृत अम्गाईले बताए ।

-मञ्जरी बलामी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)