Sunday, 30th August, 2026
वि.स.

किसानको उत्पादन खरिद–बिक्रीकाे लागि मन्त्रालयले बनायो-डिजिटल कृषि बजार

Agriculture_ministry_vsMD-1588869458.jpg

लकडाउनको बेला किसानका उत्पादन बिक्री–वितरणमा समस्या भएको गुनासोपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ ।

लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उपजहरु बिक्रीको लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भनेर डिजिटल कृषि बजार (बेटा भर्जन) को सुरुवात गरेकाे मन्त्रालयले जनाएको छ ।

किसानले आफूसँग भएको उत्पादन, मूल्य र परिमाण आफ्नो फोन नम्बरसहित मन्त्रालयको वेबसाइटमा राख्न सक्नेछन् । त्यस्तै खरिदकर्ताले पनि आफूलाई चाहिएको उत्पादन, मूल्य र परिमाण फोन नम्बरसहित वेबसाइटमा राख्नेछन् । त्यसकै आधारमा उनिहरुले सम्पर्क गरेर उत्पादन किनबेच गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बनाएको डिजिटल कृषि बजारको लिङ्क– https://www.moald.gov.np/demand-analysis 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०