nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

किशोरी समूहलाई एक लाख

पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ स्थित रक्षा उज्वल किशोरी समूहलाई एक लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको छ । रक्षा नेपालले दातृ निकायको सहयोगमा किशोरी समूहलाई घुम्ती कोषका लागि उक्त रकम दिएको हो ।

मकवानपुरसँगै काभ्रेको बेथानचोक, सिन्धुलीको ज्यामिरे, नुवाकोटको कुवरी र ललितपुरको गिम्दीका किशोरी समूहलाई पनि एक–एक लाख रुपैंया प्रदान गरिएको रक्षा नेपालले जनाएको छ । कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, कार्यक्रम निर्देशक रत्नकाजी बज्राचार्य, बकैया गाउँपालिका ७ का वडा सदस्य किशोर थापा मगर, स्थानीय जनक माध्यमिक विद्यालयका प्रधानध्यापक धर्मप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबिच, रक्षा उज्वल किशोरी समूहमा आबद्ध सबै २५ जना किशोरीलाई न्यानो कपडा पनि वितरण गरिएको छ । कार्यक्रममा बकैया गाउँपालिका ७ की वडा सदस्य शान्ति बिक, जनक माध्यमिक विद्यालयका अध्यक्ष विकास बोम्जन, स्थानीय आमा समूहकी अध्यक्ष शर्मिला राई लगायतको आतिथ्य रहेको थियो । रक्षा उज्वल किशोरी समूहकी अध्यक्ष सृजना लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा किशोरीहरुले गित तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

किशोरी समूहमा सामाजिक, आर्थिक रुपमा पछाडी परेका १३ देखि २२ बर्षसम्मका २५ किशोरी आबद्ध छन् । समूहमा पिछडिएको, आदिवासी जनजाति, दलित, गरिब, सिमान्तकृत, जोखिमयुक्त, शारिरीक रुपमा अपाङ्ग, एकल आमा वा बाबुको छोरीलाई प्राथमिकता दिईएको बताईएको छ ।

३ बर्षे किशोरी कार्यक्रमको मुख्य उदेश्य सबै किशोरीलाई उद्यमी बनाउने रहेको संस्थाले जनाएको छ । संस्थाका अनुसार हाल १५ किशोरीले व्युटी पार्लर, १० किशोरीले सिलाई र १२ किशोरीले कुखुरा, बाख्रापालन गरिरहेका छन् भने आर्थिक विपन्न किशोरीहरुलाई कलेज तथा विद्यालय पढाउन सहयोग गरिरहेको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)