Thursday, 3rd September, 2026
वि.स.

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

Screenshot_20241030_15335-1730281873.jpg

सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाउनेछन् ।

डा। गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हुने बताउनुभयो ।

“विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउनेछौँ”, उहाँले भन्नुभयो, “विद्यालय बाहिर रहेका किशोरीलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरेका छौँ ।”

यसअघि सरकारले सात प्रदेशका एक–एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन ९नमुना० का रूपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा। गौतमले उल्लेख गर्नुभयो । सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब रु छ हजार पर्ने जानकारी दिनुभयो ।

एचपिभी खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’९गाभी० को सहयोगमा सरकारले खरिद गरेको हो । खोप शाखाका प्रमुख डा। गौतमले अर्को वर्षदेखि एचपिभीलाई नियमित खोप अभियानअन्तर्गत राखिने जानकारी दिनुभयो । खोप एक पटक लगाएपछि जीवनभरका लागि काम गर्ने भएकाले खोप अभियानमा सहभागी हुन किशोरीसहित अभिभावनलाई उहाँले आग्रह गर्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको सङ्क्रमण रहेकाले यसको विरुद्ध खोप लगाउनुपर्ने बताउनुभयो ।

उहाँले कलिलो उमेरमा विवाह गर्ने, उमेर नपुगी बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै धूपमान तथा मद्यपान गर्ने, यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलगायत कारणले ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुने भएकाले यसबारे आवश्यक सावधानी अपनाउनुपर्ने बताउनुभयो । डा। शाहीले खोप ९९ प्रतिशत प्रभावकारी रहेकाले सबै किशोरीलाई अभियानमा सहभागी भई खोप लगाउन आग्रह गर्नुभयो ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif