nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

किन जान्छ साँझमा बिजुली ?
चोरी नियन्त्रण अभियान तिब्र

Bijuli-1-1478674139.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले चुहावट नियन्त्रण अभियानलाई तिव्र बनाएको छ । अत्याधिक चोरी बढी फिडर समेत ओभरलोड भई पिक आवरमा विद्युत अबरुद्ध हुन थालेपछि प्राधिकरणले अभियान सञ्चालन गरेको पालुङ वितरण केन्द्रका प्रमूख शिव प्रसाद नेपालले जानकारी दिए ।

विगत केही समयदेखि साँझ पिक आवरमा अत्याधिक लोड बढेपछि विद्युत अवरुद्ध हुँदै आएका कारण चोरी भएका क्षेत्र पहिचान गरि प्राधिकरणले गस्ती समेत शुरु गरेको छ । चोरी नियन्त्रण अभियान शुरु भए पछि चोरी नियन्त्रण भई फिडर ओभरलोडको समस्या हट्ने विश्वास प्राधिकरणले लिएको छ । 

प्राधिकरणले चोरीको सूचना दिई यस अभियानलाई सफल बनाउन सबै सचेत नागरिक सँग आग्रह समेत गरेको छ ।