Tuesday, 16th June, 2026
वि.स.

काेराेना संक्रमित महिलाको उपचारमा संलग्न ३ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

hetauda-Qrtn-1590244475.jpg

काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकी हेटौंडा–४ हुप्रचौरकी ५४ वर्षीय महिलाको उपचारमा संलग्न ३ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

ती महिलालाई जेठ ४ गते हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । ९ जेठमा उनमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न हेटौंडा अस्पतालका डाक्टरसहित अन्य स्वास्थ्यकर्मीलाई हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा रहेको क्वारेन्टाइनमा राखिएको हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संलकन गरिसकेको उनले बताए । डाक्टर तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ ।

हेटौंडाको किटजन्य ल्याबमा १० जेठमा गरिएको पिसिआर परीक्षणअनुसार १२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । ६६ जनाको स्वाबको पीसीआर रिपोर्ट ११ जेठमा आउनेछ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार हेटौंडा अस्पतालको ओपीडी, प्रसूति, फिबर क्लिनिक तथा इमर्जेन्सी सेवाहरु सञ्चालन नै रहनेछन् । ‘अहिले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि थप सात दिन क्वारेन्टाइनमा राखिने निर्णय सर्वपक्षीय छलफलबाट भएको छ’, उनले भने ।

हेटौंडा अस्पतालबाट दैनिक ३ सय ५० जनाले ओपीडी सेवा लिइरहेका छन् । यस्तो अवस्थामा थप सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाह गरिने र कुनै पनि सेवा बन्द नहुने उनले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०