Thursday, 27th August, 2026
वि.स.

कालीकाटीको तरकारीको भाउ अब विकासखबर डटकमबाट थाहा पाउन सकिने

विगत चार वर्षदेखि अनलाइका माध्यमबाट नागरिकलाई सूसूचित पार्दै आएको विकासखबर डटकमले आम किसानको हितमा तरकारी तथा फलफूलको बजार भाउ  दैनिक रुपमा विहान प्रकाशन गर्ने तयारी थालेको छ । 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको अनलाइनले किसानहरुको हितका लागि मूल्य तुुलना गर्न सहज होस भनेर कालीमाटी काठमाण्डौंको फलफूल तथा तरकारी बजारको बजारभाउ नियमित प्रकाशनको तयारी थालेको अनलाइनले जनाएको छ । 

तरकारीको उर्वरभूमी मकवानपुर उत्तरी क्षेत्रको किसानहरलाई आफूले उत्पादन गरेको तरकारीको काठमाण्डौंको बिक्रि मुल्य सहजै थाहा होस र किसानको उत्पादनलाई बजारमा बिक्रि वितरण गर्दा बार्गेनिङ क्षमता बढोस भन्ने उद्देश्यले यो कार्यको थालनी गर्न लागिको हो ।
 
अनलाइले कालीकाटीको थोक मूल्य विहान ७ः१० मा र खुद्रा मूल्य विहान ८ः१०  मा अनलाइन अपडेट गर्ने जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif