Sunday, 30th August, 2026
वि.स.

कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी आज स्थापना हुने

kalapani-1589351121.jpg

व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना हुँदैछ ।

पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । गएको मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय ढिलाइ भएको हो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्नेगरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्ने निर्णय गरेको हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०