Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार

tawel-1535458919.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन सबै मन्त्रालय र मातहतका निकायहरुलाई पत्राचार गरेको छ । मन्त्रालय, विभाग, संस्थान, समितिलगायतका निकायका प्रमुख, उपप्रमुखलगायतका कर्मचारी बस्ने कुर्सीको पछाडिपट्टि तौलिया राख्ने गरिएको छ।

यसको प्रयोगसमेत हुने गरेको देखिन्न। प्रधानमन्त्री कार्यालयअन्तर्गत् रहेको हेल्लो सरकारमा सर्वसाधारणको गुनासोपछि, ‘अनावश्यक रुपमा राखिने तौलिया हटाउन’ मन्त्रिपरिषद् कार्यालयले पत्राचार गरेको हो। लाखौं रुपैयाँका कुर्सीमा तौलिया झुण्ड्याउनुको कुनै औचित्य नभएको र त्यसले कार्यालयको शोभा नबढाउने भएकाले हटाउन भनिएको हो।

प्रधानमन्त्री कार्यालयको पत्राचारपछि मन्त्रालयहरुले मातहतका कार्यालयहरुलाई कुर्सीबाट तौलिया हटाउन र मन्त्रालय/कार्यालयका कोरिडर सफा राख्न निर्देशन दिएको छ। हात, मुख पुछ्ने प्रयोजनका लागि तौलिया प्रयोग हुने भएकाले बाथरुप वा शौचालयमा राख्न सुझाइएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०