Sunday, 14th June, 2026
वि.स.

प्रदेश-३ को कार्यवाहक मुख्यमन्त्रीको जिम्मा जमकट्टेललाई

salikram-jamarkattel-1556106679.jpg

प्रदेश नंबर ३ को कार्यवाहक मुख्यमन्त्रीको जिम्मा शालिकराम जमकट्टेलले पाएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका जमकट्टेलले ११ वैशाखबाट १९ गतेसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मा पाएका हुन् । १९ गतेसम्म हुने राष्ट्रपतिको चीन भ्रमणको भ्रमण टोलीमा मुख्यमन्त्री डोरमणी पौडेल समेत सामेल भएपछि जमकट्टेल कार्यवाहक मुख्यमन्त्रीको समेत भूमिकामा रहने भएका हुन् ।