Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कारोबार बढाउँदै थाहानगरको शिखर बचत

Sikhar-1539584928.jpg

थाहा नगरपालिका शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारीको कारोबार चार करोड पु¥याएको छ । २७ असोजमा भएको साधारणसभामा उक्त कारबार संस्थाले आफ्नो वार्षिक प्रतिवेदन पुस्तिकामा उल्लेख गरेको छ । 

सभामा संस्थाका अध्यक्ष मधुसुदन विष्टले संस्थालाई  प्रभावकारी दिगो रुपमा संन्चालन गरी बढी भन्दा बढी  सेवा पु¥याउनु संस्थाको उद्देश्य भएको र सोही अनुसार विभिन्न कार्यक्रमहरु कार्यान्वयनका लागि योजना, कार्यबिधी, समिक्षा, अनुगमनलगतका ब्यबस्थापन, बचत ऋण लगानी, असुलि, संस्थागत सुसासन, कर्मचारी क्षमता अभिवृद्धिका कार्यक्रमहर संचालन गरिरहेको बताए । उनले सहकारी शिक्षा र अन्तर सहकारी सम्बन्धमा संस्थालाई नमुना सहकारीको रुपमा बिकास गर्नु पर्ने आफ्नो प्रतिवेदन आर्फत सभामा पेश गरेका थिए । 

थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा भएको थियो । सभामा प्रमुख अतिथि गोपालीले सहकारीको सबै काम नगरपालिकाले हेर्ने र यहाँका सहकारीलाई सहज बनाएको बताउदै सहकारीहरु मिलेर युबा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने त्यसका लागि नगरपालिकाले सहयोग गर्ने बताए । 

विशिष्ट अथिथि च्वाइस नेपालका कुलप्रसाद तिवारीले बेमौसमी तरकारी खेतिमा थाहानगर प्रख्यात भएपनि पुर्ण ब्याबसायिकता हुन यहाँका किसानलाई ब्याबसायिक ख्याती प्रणालीको बारेमा ब्यावसायिक तालिम अब शिखर बचतबाट दिइने बताए । संस्थाको उपाध्यक्षमा लक्ष्मी कार्कीले सभामा उपस्थित अतिथिहरुलाई स्वागत गरेकी थिइन् । शिखरको साधारणसभालाई पालुङ जेसिजका विकास भण्डारी, विकास खबरपत्रिकाका सम्पादक कुमार नेगी, रेडियो दामनका स्टेसन म्यानेजर इच्छा पुर्ण कार्की, कुण्डलदेवी सहकारीका संस्थाका व्यवस्थापक राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल कुमार ढकाल, भुपु सैनिक संघ मकवानपुरका अध्यक्ष कमल कुमार के सी, दामन चेली समाजकी अध्यक्ष रिता कार्की, नवजागृत पुस्तकालयका अध्यक्ष मधुसूदन रायमाझी लागएतकाले शुभकामना दिएका थिए ।