Wednesday, 26th August, 2026
वि.स.

कान्तिपुरमा वाग्ले आएपछि थापापनि बाहिरिए…

hari-narayan-1531636040.jpg

कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।

प्रधानसम्पादक सुधीर शर्माले राजीनामा दिएको केही दिनमै उक्त पदका दाबेदार मानिएका थापाले पनि राजीनामा दिएका हुन्। कान्तिपुर मिडिया ग्रुप व्‍यवस्थापनले वरिष्ठ पत्रकार नारायण वाग्लेलाई १० वर्षपछि प्रधानसम्पादकको जिम्वारीमा भित्र्याएसँगै थापाले कान्तिपुरबाट विदा हुने निर्णय गरेका हुन्।

थापा स्थापनाकाल देखिनै कान्तिपुरमा कार्यरत थिए। कान्तिपुर व्यवस्थापनले शुक्रबार वरिष्ठ पत्रकार वाग्लेलार्इ कान्तिपुर दैनिकको प्रधान सम्पादकमा बनाएको औपचारिक घोषणा गरेको हो।

यसअघि प्रधान सम्पादक रहेका शर्माले कान्तिपुरमा भारतीय पत्रिका टाइम्स अफ इन्डियाका पत्रकार रजनिशलाई अध्यक्षपछिको वरियता दिन लागिएको भन्दै राजीनामा दिएका थिए। शर्मासँगै कान्तिपुर मिडिया ग्रुपकै अंग्रेजी दैनिक पत्रिका द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले पनि राजीनामा दिएका छन्। सो स्थानको जिम्मेवारी भने अझै कसैलाई दिइएको छैन।

-थाहा खबर



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif