Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काठमाण्डौंका सडक बालबालिकालाई स्काउट र उपकार सेवाले निःशुल्क खाना खुवाउँदै

ktm-1585976317.jpg

नेपाल लक डाउनको दुई हप्तावित्नै लाग्दा काठमाडौँका सडक बालबालिकाहरुको अवस्था नाजुक छ । लामो समय देखि खान नपाए पछि उनीहरु भोक्कै बस्न बाध्य बनेका छन् । त्यस्ता सडक बालबालिका र अस्पतालमा रहेका विरामी कुरुवाहरुलाई नेपाल शान्ति स्काउट र उपकार सेवा नेपालले निशुल्क खाना खुवाउने सेवा सुरु गरेको छ । 

काठमाडौँको सडक र गल्लीहरुमा जीवन विताउदै आएका सडक बालबालिका र अनाथहरुका लागि अहिले निक्कै कष्टकर समय छ । पसल, होटलतथा रेष्टुरेण्डहरु पूर्ण रुपमा बन्द भएपछि यस्ता बाल बालिकाहरुको गाँस टुटेको छ । यस्ता बाल बालिका र असाहयहरु काठमाडौँमा बेग्रल्ती भेटिन्छन् जो खान नपाएर भौतारि रहेकाछन् । 

यस्ता असाहयहरुका लागि नेपाल शान्ति स्काउट र उपकार सेवा नेपाल नामक सामाजिक सस्थामार्फत निशुल्क भोजन गराउने अभियान जारी छ ।  दैनिक ६ सय देखि ८ सय जनासम्मलाई खानाको व्यवस्था मिलाइएको उपकार सेवा नेपालका सदस्य राकेशकुमार अग्रवालले बताउनु भयो ।खानाखान पाएपछि सडक बालबालिका तथा असाहयहरुले खुसीव्यक्त गरेकाछन् । 

खानामा दालभात तरकारी र दिउँसो खाजामा पुरी तरकारी, पानी तथा मास्क समेत निशुल्क रुपमा वितरण गर्दै आएको छ । काठमाडौँ, भक्तपुर ललितपुरका विभिन्न स्थानहरुमा केन्द्र बनाएर खानापकाउने र प्याकिङ  गर्दै ठाउँठाउँमा लगेर खुवाउने गरिएको नेपाल शान्ति स्काउटका तालिम आयुक्त सुधन मरासिनीले बताउनु भयो ।  

यसका लागि शान्ति स्काउटका सदस्यहरु सक्रियभएर खटिइ रहेकाछन् । संकटको घडीमा मानविय सहाय तागर्नु र सेवागर्नु ठुलो धर्म हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)