Tuesday, 16th June, 2026
वि.स.

काठमाण्डौँमा भिड भएपछि एक हजार स्वाब हेटौँडा ल्याईयो

test-1591942258.jpg

 पछिल्लो केहिदिनबाट सरकारले कोरोना परिक्षणलाई तिब्रता दिएपछि काठमाण्डौँमा थुप्रिएको एकहजार स्वाबलाई हेटौँडा ल्याईएको छ ।

परिक्षणको लागि हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक प्रयोगशालामा एक हजार स्वाब प्राप्त भएको बागमती प्रदेशको सामजिक विकास मन्त्रालयले जनाएको छ । प्राप्त भएको स्वाबको परिक्षण आजैबाट हुने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले बताए ।

काठमाण्डौँमा देशभरीकै स्वाब आएको कारण धेरै भिड भएपछि केन्द्रीय प्रयोगशालाले हेटौँडा पठाएको उनको भनाई छ । हाल दैनिक १२ घण्टामात्र परिक्षण भएकोमा अव केहि दिनभित्रनै थप मेसिन ल्याई परिक्षणको अवधि २४ घण्टा बनाउने उनको भनाई छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०