Tuesday, 16th June, 2026
वि.स.

काठमाण्डाै प्रवेश गर्नेहरुले १४ दिन होम क्वारेन्टाइनमा बस्नुप

corona-update-t-1592932772.jpg

राजधानी बाहिरबाट आएका मानिसले १४ दिन होम क्‍वारेन्टाइनमा नबसी कोरोना संक्रमणको परीक्षण गर्न नपाउने भएका छन् ।  कोरोना परीक्षण गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।

स्वास्थ्य मन्त्रालयको उक्त व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले मंगलबार उपत्यकास्थित तीनवटै प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाहिरी जिल्लाबाट आउनेको हकमा १४ दिन घरमै क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि संक्रमणको लक्षण देखिएमात्रै जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको बताए ।

भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने राजधानीमा होल्डिङ सेन्टरमा राखेर त्यहीबाट सम्बन्धित प्रदेश हुँदै जिल्लाबाट स्थानीय तहका क्वारिन्टिनमा लैजाने व्यवस्था गरिएको छ ।


असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो । त्यसलाई मध्यनजर गरेर मंगलबार स्वास्थ्यको सिफारिसमा गृहले १४ दिन अनिवार्य होम क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

corona-update-t-1592932774.jpg