nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कसरी चिन्ने खान हुने र खान नहुने च्याउ जंगली च्याउ ?

jungle-chyau-1594291180.jpg

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ। पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ । धेरैजसो त बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोजेर खाने गरिन्छ । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसरी जथाभावी  च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ ।

कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बचिन्छ । यद्यपि असावधानीवश हामी विषाक्त च्याउ खान पुग्छौँ ।

कसरी चिन्ने खान योग्य र अयोग्य च्याउ ?

जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुने र कुन नहुने रु यसमा खासै द्विविधा छैन । सामान्य हिसाबले पनि खान नहुने र हुने च्याउ पहिचान गर्न सकिन्छ ।

हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधि भनेको यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।

खान योग्य च्याउ ?

गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । आफूले विगतदेखि नै खाइरहेको च्याउ पहिचान गरेर खानु उपयुक्त हुन्छ । नचिनेको वा त्यसअघि नखाइएको च्याउ सेवन गर्नुहुँदैन ।

बुढापाकालाई त जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरूले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपि यस किसिमको च्याउ पनि कुनैबेला विषालु बन्न सक्छ ।

कृतिम च्याउ कति खान योग्य ?

अहिले बजारमा केही थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हो । यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइन्छ ।

तर, कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ रु यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधि एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई सोझै असर पुर्‍याउने भय रहन्छ ।

च्याउमा के पाइन्छ ?

च्याउ खानै नहुने कुरा चाहिँ होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।

च्याउ के हो ?

यो एक प्रकारको वनस्पती हो । फूल नफुल्ने प्रजातिको । यो फन्जाइ वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो ।

संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकि २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण मानिन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg