nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कर्मचारीमा संक्रमण भएपछि थाहा नगरपालिकाको सेवा स्थगित

मकवानपुर थाहा नगरपालिकाका कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएपछि तीनदिन सेवा प्रवाह स्थगित गरिएको छ । नगरपालिकामा कार्यरत् ३ कर्मचारी र एक कृषि ओ.जे.टी. गर्दै गरेकी विद्यार्थीमा संक्रमण भएपछि पालिकाले सेवा स्थगित गरेको हो । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालय थाहा नगरपालिकाको १५ वैशाखमा बसेको बैठकले वैशाख १६ देखि १९ गतेसम्म अत्तिआवश्यक बाहेक सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको हो ।  

सेवा प्रवाह स्थगित भएको थाहा नगरपालिकाले सूचना प्रकाशित गरी जानकारी गराएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)