Tuesday, 16th June, 2026
वि.स.

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

current-1590731946.jpg

रूपन्देहीमा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको  मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर  तिलोत्तमा नगरपालिका मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर थारुको मृत्यु भएको हो ।

विद्युत प्राधिकरण शाखाका प्रमुख कमर आलम खाँनले मृत्तक थारु तिलोत्तमा नगरपालिका वडा नं १० सेमराका स्थायी बासिन्दा  भएको बताए । उनी १६ वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत रहेको बताएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०