Tuesday, 16th June, 2026
वि.स.

करेन्ट लागेर एक महिलाको मृत्यु, एक जना पक्राउ

body-1592719800.jpg

 डोटीको आदर्श गाउँपालिका–७ नवाघरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीया तुलसी थापा रहेकी छिन् ।

उनको शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार, सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिलालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेका किमाडीले गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०